नेपाल मदिरा ब्यबसायी महासंघको आयोजनामा प्रथम सुदर प्रधान स्मृती ब्याडमिन्टन प्रतियोगिता चितवनको रत्ननगरमा सम्पन्न भएको छ । पौष ६ र ७ गते आयोजना भएको उक्त प्रतियोगितामा देशैभरिका मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

६० समुह भन्दा वढि खेलाडिहरुको सहभागिता रहेको उक्त खेलमा एकल र दुई जनाको समुहगत रुपमा खेल संचालन भएको हो । एकल समुह तर्फ राम चन्द्र गिरी (धादिङ) प्रथम, प्रेम श्रेष्ठ(काभ्रे) द्धितिय र सुनिल सापकोटा (रुपन्देहि) तृतिय स्थान हासिल गर्नुभएको मदिरा व्यवसायी महासंघका खेल संयोजक यम बहादुर गुरुङले जानकारी दिनु भयो ।

यस्तै दुई जनाको समुह अन्र्तगत भएको खेलमा मदिरा व्यवसायी संघ धादिङबाट सहभागि विदुर कडेल र राम चन्द्र गिरीको समुहले प्रथम स्थान हासिल गरेको छ । मदिरा व्यवसायी संघ बाँकेबाट प्रतिनिधित्व गर्ने हरिशरण के.सी.र दिपक शाहिको समुहले द्धितिय स्थान हासिल गरेको छ भने मदिरा व्यवसायी संघ रुपन्देहिका सुनिल सापकोटा र सुवास चन्द्र कर्माचार्यको समुहले तृतिय स्थाल हासिल गरेको छ ।

Veterans 45± तर्फ नेपाल मदिरा व्यवसायी महासंघका सचिव यम बहादुर गुरुङ र मदिरा व्यवसायी संघ रुपन्देहीका सुबास चन्द्र कर्माचार्य ले प्रथम स्थाल प्राप्त गर्नु भएको छ । यस्तै मदिरा संघ काठमान्डौका अरुण श्रेष्ठ र नविन महर्जनले द्धितिय स्थान हासिल गर्नु भएको छ भने मदिरा व्यवसायी संघ रुपन्देहिका हरि बहादुर भण्डारी र मदिरा व्यवसायी संघ मकवानपुरका मधु ज्ञवालीले तृतिय स्थाल हासिल गर्नु भएको छ ।

नेपाल मदिरा व्यवसायी महासंघको आयोजना र मदिरा व्यवसायी संघ चितवनको व्यवस्थापन मा सम्पन्न भएको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिका रुपमा सुनिल सापकोटा र जेष्ठ खेलाडिको रुपमा हरि बहादुर भण्डारीलाई सम्मान समेत गरिएको मदिरा व्यवसायी महासंघका महासचिव गोविन्द प्रसाद बरालले जानकारी दिनु भयो ।

विभिन्न स्थान हासिल गर्ने खेलाडिहरुलाई नगद पुरस्कार, प्रमान पत्र सहित सम्मान गरिएको छ । प्रथम स्थान हासिल गर्ने खेलाडिलाई रु.पचास हजार नगद, द्धितिय स्थान हासिल गर्ने खेलाडिलाई रु.पच्चीस हजार र तृतिय स्थान हासिल गर्ने खेलाडिलाइ रु. दश हजार नगद प्रदान गरिएको हो।

ब्याडमिन्टन प्रतियोगिताको औपचारिक समापन कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पाले महासंघले मदिरा व्यवसायको मात्र नभई समग्र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गदै आएको बताउनु भयो । हामी व्यवसायीहरुको क्षमता विकास र व्यवसायीहरुको पेशागत सुरक्षाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । उहाँले व्यवसायीहरुको आवश्यकता अनुसार आगामी कार्यक्रमहरु संचालन गरिने समेत बताउनु भयो ।

महासंघले खेलकुदमा सहभागिहरुलाई निशुल्क होटेलको सुविधा समेत उपलब्ध गराएको थियो । महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका पुर्व अध्यक्ष राम श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रमको संचालन महासंघका महासचिव गोविन्द प्रसाद बरालले गर्नु भएको थियो ।


