दाङको घोराहिमा रहेको मदिरा पसल रुवी सप्लायर्समा जेठ ३० गते आगली हुदा लाखौ मुल्यका मदिरा तथा मदिराजन्य बस्तुहरु जलेर नष्ट भएका छन । विद्युत लाईनमा समस्या भइ आगलागी हुँदा लाखौको क्षति पुगेको हो । आगलागिबाट व्यवसायीक रुपमा लाखौ क्षति भएको घटना प्रति नेपाल मदिरा व्यवसायी महासंघले गहिरो दुख व्यक्त गरेको छ ।

आगलागीबाट व्यवसायीक रुपमा क्षति भएको जानकारी महासंघका केन्द्रिय उपाध्यक्ष खड्क बहादुर बुढाथोकि, मदिरा व्यवसायी संघ दाङ जिल्ला अध्यक्ष तेज बहादुर पौड्ल लगायतको टोलीले नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पालाई जानकारी गराए लगत्तै महासंघका पदाधिकारीहरुसंग आक्समिक छलफल गरि महासंघका अध्यक्ष शेर्पाले केन्दिय उपाध्यक्ष सहितको टोलिलाई घटना स्थल पुगी आगलागि भएको घटनाको विवरण बुझि आगलागी पिडित मदिरा व्यवसायीलाई तत्काल रु. एक लाख रुपौया उपलब्ध गराउन निर्देशन गर्नु भएको छ ।

महासंघका केन्दिय उपाध्यक्ष बुढाथोकी सहितको टोलीले घटनास्थल पुगि पिडित व्यवसायीलाई भेटगरि रु. एक लाख रुपौयाँको चेक हस्तान्तरण गरिएको छ। तत्काल पिडित व्यवसायीको राहात स्वरुप उक्त रकम प्रदान गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शेर्पाले महासंघ सधै व्यवसायीहरुको सुख दुखमा साथ र सहयोग गदै आएको बताउनुहुदै पिडित व्यवसायीलाई तुरुन्तै आवश्यक व्यवस्थापन गर्न सहज होस भनि उक्त रकम उपलब्ध गरिएको बताउनु भयो ।

आगलागि पछि पसल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको छ । नेपाल मदिरा व्यवसायी महासंघले आगलागि पिडित व्यवसायीलाई आर्थिक सहयोग गर्न समेत सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

