नेपाल मदिरा व्यवसायी महासंघको बार्षिक साधारण सभा काभ्रेको धुलिखेलमा सम्पन्न

नेपाल मदिरा व्यवसायी महासंघको १८ औ बार्षिक साधारण सभा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा सम्पन्न भएको छ । शनीवार विहान नेपाल मदिरा व्यवसायी महासंघको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भए लगत्तै सुरु भएको बार्षिक साधारण सभामा विभिन्न विषयगत प्रतिबेदनहरु सर्बसहमतिले पारित गदै सम्पन्न भएको हो ।

बार्षिक साधारण सभामा महासंघका महासचिव गोविन्द प्रसाद बरालको सांगठनीक प्रतिवेदन र कोषाध्यक्ष रमेश आर्चायले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्बसहमतिले पारित गरेको छ । साधारण सभामा मदिरा कारोवारमा व्यवसायीहरुले पाउनुपर्ने नाफाको मार्जिन बढाउनुपर्ने, म्याद गुर्जेका र टुटफुट भएका मदिरा तथा मदिराजन्य सामानहरुको सम्वन्धीत उत्पादक कम्पनीले व्यवस्थापन गर्नुपर्ने लगायतका समस्याहरुका विषयमा मदिरा व्यवसायीहरुले उठाएका विषयहरुमा महासंघका अध्यक्ष सोनाम शेर्पाले तत्काल समस्याको समधान गर्न पहल गरिने बताउनु भएको छ ।


अध्यक्ष शेर्पाले वियरमा कम्तिमा वितरकलाई ४ प्रतिशत, होलसेल ४ प्रतिशत र खुद्रा १० प्रतिशत मार्जिन हुनुपर्ने र अन्य मदिराहरुमा कम्तिमा वितरकलाई ५ प्रतिशत, होलसेल ५ प्रतिशत र खुद्रा १० प्रतिशत मार्जिन कायम गर्नुपर्ने भनि राख्नु भएको प्रस्ताव समेत सर्बसहमतले पारित गरेको छ । मदिरा व्यवसायमा देखिएका अन्य समस्याहरुको समधान गर्न महासंघले विषयगत विज्ञ समुहसंग छलफल गरि दिगो समधान खोज्ने निर्णय समेत साधारण सभाले गरेको छ ।


नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाको अध्यक्षता र संघिय प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति शन्तोष चालिसेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार शन्तोष पाण्डे, राम श्रेष्ठ, महासंघका सल्लाहकार विष्णु कुमार श्रेष्ठ, अशोक अमात्य, गिरीराज पौडेल, धर्म श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल, अधिवक्ता दिनेश खड्का, अर्थ सल्लाहकार कमल बराल, उद्योग बाणिज्य संघ काठमान्डौका अध्यक्ष दिनेश श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।

व्यवसाय चलायमान नभए राज्य प्रणाली चल्दैन : प्रमुख अथिति चालिसे ।
नेपाल मदिरा व्यवसायी महासंघको १८ साधारण सभाका प्रमुख अथिति संघिय संसद तथा प्रतिनिधी सभा अन्तरगत अर्थ समितिका सभापति शन्तोष चालिसेले व्यवसाय चलायमान नभए राज्यका प्रणालीहरु सहजरुपमा संचालन हुन नसक्ने बताउनु भएको छ । राज्यका हरेक निकायहरु सहजरुपमा संचालन हुन व्यवसाय चलायमान हुनुपर्ने बताउनु भएको हो । राज्यका हरेक निकायहरुमा गुनोसाहरु मात्र रहेकाले आम नागरिकहरुका गुनासो सम्बोधन गर्न अहिलेका कयौ संरचनाहरु परिवर्तन पर्ने बताउनु भयो ।


आन्तरिक आम्दानीले राज्यका गतिविधीहरु संचालन गर्न कठिन भएको बताउदै राज्यको आर्थिक स्रोत व्यवसायीहरु भएकाले व्यवसायीहरुका समस्याहरुको समधान गर्न सरकार तत्पर हुनुपर्ने बताउनु भयो । सभापति चालिसेले व्यवसायीक क्षेत्रमा पनि सबै भन्दा बढि मदिरा व्यवसायीहरु मर्कामा रहेको बताउदै राज्यका हरेक निकायहरुमा व्यवसायीहरुका गुनासा र समस्याहरुका विषयमा आवाज उठाउदै आएको भएपनि प्रभावकारी रुपमा सुनुवाइ नभएकोमा दुःख व्यक्त गर्नु भयो ।

मैले मदिरा लगायतका व्यवसायीहरुका समस्याहरु बजेट मार्फत सम्बोधन गर्न अर्थ मन्त्रीसंग छलफल गरेको बताउनु भयो । अहिलेको बजेटमा व्यवसायीहरुका समस्याहरु समधान गर्न प्रभावकारी योजना नभएपनि प्रतिनिधि सभा अन्तरगत अर्थ समितिले आगामी मौद्रिक नितिमा व्यवसायीहरुका गुनासोहरु सम्बोधन गर्न पहल गरिने बताउनु भयो ।

उहाँले भन्नु भयो म अर्थ समितिको सभापतिको हैसियतले समितिको बैठकमा नेपाल मदिरा व्यवसायी महासंघका प्रतिनीधीहरुलाई सहभागि गराएर अर्थ मन्त्री, राष्ट्र बैकका गर्भन लगायत समितिका सदस्यहरुसंग व्यवसायीहरुका गुनासाहरु राख्ने व्यवस्था मिलाउने र आवश्यक सहयोग गर्ने समेत बताउनु भयो । पलायनको समस्याले राज्यका सबै क्षेत्रहरुमा असर परेको बताउदै सभापति चालिसेले देशमै व्यवसाय संचालन गर्ने वातावरण निर्माण गर्न राज्यका सबै निकायहरुले पहल गरिरहेको बताउनु भयो । केहि समय लाग्न सक्छ तर व्यवसाय पलायनको समस्या समधान हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रममा नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष तथा महासंघका सल्लाहकार एबं पूर्व अध्यक्ष शन्तोष पाण्डेले तिस वर्षको अवधीमा ८० प्रतिशत मदिरा व्यवसायीहरु पलायन भएकोमा दुख व्यक्त गर्नु भयो । राज्य प्रणालीका कारण अहिलेको अवस्था आएको बताउदै व्यवसायीहरुले इमान्दारीताका साथ व्यवसाय संचालन गर्नुपर्ने र अहिलेको व्यवसायीक मार्जिनले व्यवसाय संचालन गर्नु नसकिने भएकाले महासंघको अगुवाईमा मार्जिन लगायतका व्यवसायीहरुका समस्याहरुको समधान खोजिनु पर्ने बताउनु भयो ।

महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष राम श्रेष्ठले आन्तरिक राजस्व कार्यालयको अनुगमनका नाममा व्यवसायीहरु आतंकित भएको बताउनु भयो । राजस्वको लक्ष्य पुरा गर्न व्यवसायीहरुलाई अनावश्यक दुख दिने काम भैरहेको गुनासो गर्नु भयो । सल्लाहकार श्रेष्ठले व्यवसायीहरु एकताबद्ध भएर अहिलेका समस्याहरु समधान खोज्नु पर्ने बताउनु भयो ।

उद्योग बाणिज्य संघ काठमान्डौका अध्यक्ष दिनेश श्रेष्ठले मदिरा व्यवसायीहरुका समस्याहरु समधान गर्न उद्योग बाणिज्य संघ काठमान्डौले सहकार्य गर्ने बताउनु भएको छ । व्यवसायीहरुका सवालका विषयमा राज्यका विभिन्न निकायहरुमा डेलिगेशन गर्न तयार रहेको बताउदै महासंघ र उद्योग बाणिज्य संघ मिलेर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

साधारण सभामा महासंघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष विनोद कुमार श्रेष्ठले मदिरा व्यवसायीहरुका समस्या समधान गर्न महासंघ र अध्यक्ष सोनाम शेर्पाले महत्वपुर्ण योगदान गरेको बताउदै आगामी दिनमा ठोस योजनाका साथ जिल्ला संघ विस्तारमा जोड दिनु भयो ।

महासघंका उपाध्यक्ष खड्क बहादुर बुढाथोकीको स्वागत मन्तव्य र साधारण सभाका सत्रको संचालन महासंघका महासचिव गोविन्द प्रसाद बरालले गर्नु भएको थियो । साधारण सभामा मदिरा व्यवसायी महासंघको संस्थागत विकासमा योगदान गर्ने विभिन्न व्यक्ति तथा कम्पनीहरुलाई सम्मान समेत गरिएको थियो ।

Share This On:

Leave a Reply