नेपाल मदिरा व्यवसायी महासंघको १८ साधारण सभाका प्रमुख अथिति संघिय संसद तथा प्रतिनिधी सभा अन्तरगत अर्थ समितिका सभापति शन्तोष चालिसेले व्यवसाय चलायमान नभए राज्यका प्रणालीहरु सहजरुपमा संचालन हुन नसक्ने बताउनु भएको छ । राज्यका हरेक निकायहरु सहजरुपमा संचालन हुन व्यवसाय चलायमान हुनुपर्ने बताउनु भएको हो । राज्यका हरेक निकायहरुमा गुनोसाहरु मात्र रहेकाले आम नागरिकहरुका गुनासो सम्बोधन गर्न अहिलेका कयौ संरचनाहरु परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

राज्यकाे आन्तरिक आम्दानीले राज्यका गतिविधीहरु संचालन गर्न कठिन भएको बताउदै राज्यको आर्थिक स्रोत व्यवसायीहरु भएकाले व्यवसायीहरुका समस्याहरुको समधान गर्न सरकार तत्पर हुनुपर्ने बताउनु भयो । सभापति चालिसेले व्यवसायीक क्षेत्रमा पनि सबै भन्दा बढि मदिरा व्यवसायीहरु मर्कामा रहेको बताउदै राज्यका हरेक निकायहरुमा व्यवसायीहरुका गुनासा र समस्याहरुका विषयमा आवाज उठाउदै आएको भएपनि प्रभावकारी रुपमा सुनुवाइ नभएकोमा दुःख व्यक्त गर्नु भयो ।

मैले मदिरा लगायतका व्यवसायीहरुका समस्याहरु बजेट मार्फत सम्बोधन गर्न अर्थ मन्त्रीसंग छलफल गरेको थिए तर अहिलेको बजेटमा व्यवसायीहरुका समस्याहरु समधान गर्न प्रभावकारी योजना हरु समाबेश नभएपनि प्रतिनिधि सभा अन्तरगत अर्थ समितिले आगामी मौद्रिक नितिमा व्यवसायीहरुका गुनासोहरु सम्बोधन गर्न पहल गरिने बताउनु भयो ।

उहाँले भन्नु भयो म अर्थ समितिको सभापतिको हैसियतले समितिको बैठकमा नेपाल मदिरा व्यवसायी महासंघका प्रतिनीधीहरुलाई सहभागि गराएर अर्थ मन्त्री, राष्ट्र बैकका गर्भन लगायत समितिका सदस्यहरुसंग व्यवसायीहरुका गुनासाहरु राख्ने व्यवस्था मिलाउने छु र व्यवसायीहरुलाइ आवश्यक सहयोग गर्ने समेत गर्ने छु उहाँले भन्नु भयाे व्यवसायीक पलायनको समस्याले राज्यका सबै क्षेत्रहरुमा असर परेको बताउदै सभापति चालिसेले देशमै व्यवसाय संचालन गर्ने वातावरण निर्माण गर्न राज्यका सबै निकायहरुले पहल गरिरहेको बताउनु भयो । केहि समय लाग्न सक्छ तर व्यवसाय पलायनको समस्या समधान हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रममा नेपाल चेम्वर अफ कर्मशका उपाध्यक्ष तथा महासंघका सल्लाहकार एबं पूर्व अध्यक्ष शन्तोष पाण्डेले तिस वर्षको अवधीमा ८० प्रतिशत मदिरा व्यवसायीहरु पलायन भएकोमा दुख व्यक्त गर्नु भयो । राज्य प्रणालीका कारण अहिलेको अवस्था आएको बताउदै व्यवसायीहरुले इमान्दारीताका साथ व्यवसाय संचालन गर्नुपर्ने र अहिलेको व्यवसायीक मार्जिनले व्यवसाय संचालन गर्नु नसकिने भएकाले महासंघको अगुवाईमा मार्जिन लगायतका व्यवसायीहरुका समस्याहरुको समधान खोजिनु पर्ने बताउनु भयो ।

