मदिरा व्यवसायीहरुका समस्या समधान गर्न छलफल

मदिरा व्यवसाय संचालनमा देखिएका समस्याहरुको समधान खोज्न शनीवार छलफल गरिएको छ । काठमान्डौ महानगरपालिका लगायतका विभिन्न स्थानीयतहहरुमा मदिरा व्यवस्थापनका नाममा व्यवसायीहरु माथी भैरहेको दुव्यवहार, विभिन्न मदिरा उत्पादक कम्पनीहरुले लामो समय देखि स्टक रहेका मदिराजन्य बस्तुहरुको व्यवस्थापन, मदिरा व्यापारमा देखिएको मन्दी लगायतका विविध विषयहरुमा छलफल गरिएको थियो ।

मदिरा व्यवसायी संघ काठमान्डौको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा, महासंघका पूर्व अध्यक्ष राम श्रेष्ठ, महासंघका महासचिव गोविन्द प्रसाद वराल, कानुनी सल्लाहकार सुदिप नेपाल, सचिव सालिकग्राम कडेल, सदस्य सुर्य प्रसाद अर्याल, मदिरा महासंघ बागमति प्रदेश कोषाध्यक्ष सरस्वति बाँनीया, मदिरा संघ काठमान्डौका अध्यक्ष राजन के.सी. महासचिव शुसिल खड्का लगायत कार्यसमितिका पदाधिकारीहरु र मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

छलफल पछि नेपाल मदिरा व्यवसायी महासंघको नेतृत्वमा मदिरा व्यवसायमा देखिएका समस्या तथा चुनौतिहरुको समधान गर्न एक समिति समेत गठन गरिएको छ । महासंघका अध्यक्ष सोनाम शेर्पाको संयोजकमा गठन गरिएको उक्त समितिमा महासंघका पूर्व अध्यक्ष राम श्रेष्ठ, महासंघका महासचिव गोविन्द प्रसाद वराल, कानुनी सल्लाहकार सुदिप नेपाल, सचिव सालिकग्राम कडेल, सदस्य सुर्य प्रसाद अर्याल, मदिरा महासंघ बागमति प्रदेश कोषाध्यक्ष सरस्वति बाँनीया, मदिरा संघ काठमान्डौका अध्यक्ष राजन के.सी. महासचिव शुसिल खड्का, सदस्यहरु राजन चाँपागाइ, विषेश्वर आचार्य, समिक्षा अर्याल लगायत रहनुभएको छ ।

समितिले आइतबार देखि विभिन्न निकायहरुसंग समन्वय गरि व्यवसायीहरुका समस्याहरुको दिगो समधान खोज्ने बताईएको छ ।

Share This On:

Leave a Reply