मदिरा व्यवसायी संघ धनकुटाको पहिलो बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

मदिरा व्यवसायी संघ धनकुटाको पहिलो बार्षिक साधारण सभा तथा अधिबेशन शनीवार धनकुटाको भेडेटारमा सम्पन्न भएको छ । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा महासंघका वरिष्ठ उपाध्क्ष मदन गौतम, कोषाध्यक्ष रमेश आचार्य, सचिव सालिकग्राम कडेल लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मदिरा व्यवसायलाई सम्मानित र व्यवस्र्थित वनाउन मदिरा व्यवसायी संघहरुले गदै आएको राम्रा कामहरुमा नेपाल मदिरा व्यवसायी महासंघले सधै साथ र सहयोग गर्ने वताउदै महासंघका अध्यक्ष शेर्पाले मदिरा व्यवसायीहरु एकतावद्ध भएर व्यवसायी हितका लागि काम गर्नुपर्ने बताउनु भयो । पछिल्ला दिनहरुमा आर्थिक मन्दीले व्यवसायी क्षेत्र धरासयी वन्दै गएकाले व्यवसायीहरु स्वस्थ प्रतिस्पर्धा गर्नु पर्ने वताउनु भयो । केहि व्यवसायी क्षणिक कारोबारका लागि मार्जिन नराखि मदिरा कारोवार गर्दा धेरै व्यवसायीहरु विस्तापित भएको समेत अध्यक्ष शेर्पाले वताउनु भयो ।

कार्यक्रममा विशेष अथितिका रुपमा गा.पा.अध्यक्ष सागर गडि, उद्योग वाणिज्य संघका अध्यक्ष विजय शन्तोषी राई, महासंघका केन्द्रिय सदस्य चक्र बहादुर श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।

प्रथम अधिबेशनबाट दिजेश शाक्यको अध्यक्षताका नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्ष मदन खुलाल, महा-सचिव उत्सव कट्टेल, सचिव निगेज श्रेष्ठ, कोषाध्यक्ष जनक पाण्डे, सदस्यहरुमा नगेन्द्र बस्नेत, दिपक प्रधान, वेद बहादुर राणा, कुमार तामाङ्ग निर्वाचित हुनु भएको छ । कार्यक्रममा विभिन्न मदिरा उत्पादक तथा वितरक कम्पनीका प्रतिनिधिहरु, मदिरा व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

अध्यक्ष दिजेश शाक्यको अध्यक्षमा भएको उक्त कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रममा मदिरा संघ धनकुटालाई संस्थागत रुपमा सहयोग गर्ने विभिन्न कम्पनीका प्रतिनिधीहरु लाई सम्मान समेत गरिएको थियो ।

Share This On:

Leave a Reply