इटहरी मदिरा व्यवसायी संघको ८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मोरगंको बेलबारीमा रहेको रमिते डाँडामा वनभोज कार्यक्रम सहित वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आथित्यता र इटहरी मदिरा व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राईले इटहरी मदिरा व्यवसायी संघको संस्थागत वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष राइले पेश गर्नुभएको संस्थागत प्रतिबेदन सर्वसहमतिले पारित भएको छ । साधारण सभामा वन भोज सहितको विभिन्न रमाइलो खेलकुद तथा प्रतियोगिताहरुको समेत आयोजना गरि सम्पन्न भएको छ ।

उक्त साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी शेर्पाले पछिल्ला केही वर्ष देखि देशको आर्थिक मन्दीका कारण मदिरा व्यवसायीको कारोबार कम्जोर बन्दै गएको वताउदै मदिरा व्यवसायलाई सम्मानित र व्यवस्र्थित वनाउन मदिरा व्यवसायी संघहरुले गदै आएको राम्रा कामहरुमा नेपाल मदिरा व्यवसायी महासंघको सधै साथ, सहयोग र सहकार्य रहने वताउनु भयो ।
अध्यक्ष शेर्पाले मदिरा व्यवसायीहरु एकतावद्ध भएर व्यवसायी हितका लागि काम गर्नुपर्ने बताउनु भयो । पछिल्ला दिनहरुमा व्यवसायी क्षेत्र धरासयी वन्दै गएकाले व्यवसायीहरुले व्यवसायीक मर्यादामा रहेर स्वस्थ प्रतिस्पर्धा गर्नु पर्ने बताउदै केहि व्यवसायीहरु क्षणिक कारोबारका लागि मार्जिन नराखि मदिरा व्यवसायको कारोवार गर्दा धेरै व्यवसायीहरु विस्तापित भएको समेत अध्यक्ष शेर्पाले वताउनु भयो ।
साधारण सभा कार्यक्रममा व्यवसायीक क्षेत्रमा उत्कृष्ट योगदान गर्ने दुई जना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । व्यवसायी डम्वर गजमेर र रमेश श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी महासघका अध्यक्ष सोनाम शेर्पाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका उपाध्यक्षहरु मदन गौतम, अन्सु बन्जरा, कोषाध्यक्ष रमेश आचार्य, सचिव सालिकग्राम कडेल, महासंघ कोशी प्रदेश अध्यक्ष नविन तामागं , उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष जिवन पराजुली, इटहरी वितरक संघका राजेश खनाल लगायत केन्द्रिय सदस्यहरुको समेत आतिथ्य रहेको थियो ।

