नेपाल मदिरा व्यवसायी महासंघको राष्ट्रिय भेला तथा केन्द्रिय कार्यसमितिको बैठक भव्यताका साथ पोखरामा सम्पन्न

नेपाल मदिरा व्यवसायी महासंघको राष्ट्रिय भेला तथा केन्द्रिय कार्यसमितिको बैठक भव्यताका साथ कास्की पोखरामा सम्पन्न भएको छ । माघ ४ र ५ गते भएको उक्त कार्यक्रममा देशभरीका मदिरा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागि जिल्ला , प्रदेश अध्यक्ष तथा प्रतिनिधीहरुले आ-आफ्नो प्रदेश तथा जिल्लाहरुमा भएका व्यवसायीक गतिविधीहरुका विषयमा धारणा राखेका थिए । सहभागिहरुले व्यवसायीक क्षेत्रमा बढ्दै गएका चुनौति तथा समस्याको दिगो समधान गर्न नेपाल मदिरा व्यवसायीक महासंघको नेतृत्वमा विषेश कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका दिए ।

सहभागिहरुबाट प्रस्तुत धारणाको जभाव दिदै महासंघका अध्यक्ष शेर्पाले महासंघले व्यवसायीक हितका लागि संचालन गरेका गतिविधीहरुको जानकारी दिदै व्यवसायीहरुको समस्या समधान गर्न महासंघले नेतृत्वदायी भुमिका निर्वाह गदै आएको र आगामी दिनमा समेत व्यावसायीक मार्जिन, लिकेजविकेजको व्यवस्थापन, काठमान्डौ महानगरपालिका लगायतका विभिन्न स्थानीयतहहरुले मदिरा व्यवसायीहरुमा गरिरहेको असहज व्यवहार लगायतका विषयहरुमा सम्वन्धीत निकायहरुमा ध्यार्नाकषण गर्ने, मदिरा उत्पादक तथा वितरकहरुसंग छलफल तथा सहमतिका पहलहरु गरिएको र आगामी दिनहरुमा समेत व्यवसायीहरुको हक, हित र अधिकारका लागि थप पहल गर्ने बताउनु भयो ।

उक्त राष्ट्रिय भेला तथा केन्द्रिय कार्यसमितिको बैठकले नेपाल मदिरा ब्यबसायी महासंघका उपाध्यक्ष बिमल थापाले घरायसी कार्य व्यस्तता र स्वास्थ्यका कारण दिनु भएको राजिनामा स्वीकृत गर्दै उक्त पदमा लामो समय देखि मदिरा व्यवसायीक क्षेत्रको विकासका लागि गर्नुभएको योगदान समेत लाई मुल्याङ्कन गदै किर्तीपुरका ब्यबसायी तथा महासंघका केन्द्रीय सदस्य सकेश मर्जनलाइ उपाध्यक्ष पदमा नियुक्त गरिएको छ । यसै गरि उक्त भेलाले व्यवसायीक हक, हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय भेला तथा केन्द्रिय कार्यसमितिको बैठकले दिगो व्यवसायीक विकासका लागि विभिन्न निर्णय समेत गरेको छ । उक्त कार्यक्रममा गरिएका निर्णयहरु :
१) मार्जीनका बिषयमा गहन छलफल गरी सम्पुर्ण जिल्लाका बितरकहरुसग यही माघ महिना भित्रमा सम्पुर्ण जिलासंघहरुले सम्बन्धीत कम्पनीका सबै बितरकहरुसग थप छलफल गरी आ–आफ्नो जिल्लाको निर्णय प्रदेश महासंघ हुदै नेपाल मदिरा व्यवसायी महासंघमा पठाउने र महासंघले सम्बन्धीत सबै कम्पनीमा पठाउने ।
२) फाल्गुन र चैत्र महिनामा महासंघ, प्रदेश र जिल्लासंघका सम्पुर्ण कार्यसमिती सदस्यहरुले आ–आफ्नो पसल तथा कार्यलयहरुमा कालो झण्डा तथा कालो पट्टि प्रयोग गरि विरोधका कार्यक्रम गर्ने ।
३) सम्बन्धीत कम्पनीहरुसग निरन्तर सम्बादमा रहने र जेठको बजेटमा समेत मार्जीन नबढाएमा मदिरा उत्पादक कम्पनीहरुका केन्द्रीय कार्यालयहरु धेराउ लगायत कडा आन्दोलन संचालन गर्ने ।
४) देशै भरी जिल्लासंघ गठन गर्न बाकी रहेका जिल्लाहरुमा संघ गठन गर्नका लागी महासंघ प्रदेश कार्यसमितिहरुलाई जिम्मेवारी दिदै उक्त कार्य संचालन गर्न प्रत्येक प्रदेशलाइ पेस्की स्वरुप महासंघ बाट नगद रु २५००० सहयोग गर्ने ।
४) नेपाल मदिरा ब्यबसायी महासंघका उपाध्यक्ष बिमल थापा ज्युले घरायसी र स्वास्थ्यका कारण दिनु भयको राजिनामा स्वीकृतगर्दै सो पदमा लामो समय देखि मदिरा व्यवसायीक क्षेत्रको विकासमा गर्नु भएको योगदानलाई मुल्याङ्कन गदै किर्तीपुरका ब्यबसायी महासंघका केन्द्रीय सदस्य सकेश मर्जनलाइ उपाध्यक्ष पदमा नियुक्त गरिएको छ ।
५) देशका बिभिन्न भारतीय नाकाबाट गैरकानुनी रुपमा आयात हुने मदिरा र देशका विभिन्न ठाँउहरुमा अबैध रुपमा उत्पादन, विक्रि वितरण र ओसारपसार हुने मदिरा नियन्त्रणका लागी नेपाल सरकार गृहमन्त्रालय लगायतका सम्बन्धीत निकायहरुको ध्यानाकर्शण गराउने ।
६) बिदेशी मदिराको लिकेज बृकेज सटहि गर्नका लागी खरीद प्रतिशतका आधारमा सम्बन्धीत सम्पुर्ण कम्पनीहरु संग पहल गर्ने लगायतका निर्णय गदै कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मदिरा संघ गठन गरि पहिलो साधारण सभा समेत सम्पन्न गरेकोमा मदिरा व्यवसायी संघ धनकुटा र भबन निर्माण सम्पन्न गरि कार्यालय समेत संचालनमा ल्याएकोमा मदिरा व्यवसायी संघ मोरङलाई नेपाल मदिरा व्यवसायी महासंघले सम्मान गरेको छ ।

यसै गरि नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले उक्त रास्ट्रिय भेलामा सहभागी सम्पुर्ण जिल्ला संघ र प्रदेश संघका अध्यक्ष ज्यु लगायत सम्पुर्ण प्रतिनिधी र कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक समन्वय र व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्बाह गरेकोमा महासंघका सल्लाहकार तारानाथ ढुङ्गानालाई धन्यवाद दिएको महासंका महासचिव गोविन्द प्रसाद बरालले विभिन्न सामाजिक संञ्जाल मार्फत जनकारी दिनुभएको छ ।

उक्त भेला तथा केन्द्रिय कार्य समितिको बैठक सम्पन्न भएस‌गै मदिरा ब्यवसायी संघ कास्कीले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त बनभोज कार्यक्रममा महासंका अध्यक्ष शेर्पा सहितको केन्द्रिय कार्य समितिका पदाधिकारीहरु र विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागि रहेका थिए । बनभोज कार्यक्रमको उद्घाटन गर्दै महासंघका अध्यक्ष शेर्पाले बनभोज कार्यक्रमले व्यवसायीक एकताका साथै दिगो संस्थागत विकासमा समेत योगदान हुने बताउनु भयो ।

पोखरामा सम्पन्न नेपाल मदिरा व्यवसायी महासंघको राष्ट्रिय भेला तथा केन्द्रिय कार्यसमितिको बैठक र मदिरा व्यवसायी संघ कास्कीले आयोजना गरेकाे वनभोज कार्यक्रमका फोटोहरु :

Share This On:

Leave a Reply