मदिरा व्यावसायी समिति कास्कीको १३ औं साधारण सभा तथा ८ औं अशिवेशन पोखरामा सम्पन्न भएको छ । नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष मदन गौतम, उपाध्यक्ष सकेश महर्जन, महासचिव गोविन्द प्रसाद बराल, आन्तरीक राजस्व कार्यालय पोखरा कास्की, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्स लगायतको आतिथ्यता रहेको थियो ।

महासघका अध्यक्ष सोनाम शेर्पाले अगामि वजेटमा मदिरा व्यवसायीका समस्या समधान गर्न सरकार सग माग गर्नुभएको छ । नेपाल मदिरा ब्यवसायी महासंघ मदिरा व्यवसायीका समस्या समधान गर्न सरकाका विभिन्न निकायहरु मार्फत सहकार्य गर्दै आएको बताउदै आगामी वजेट मार्फत समस्याको समधान गर्न पहल भैरहेको वताउनु भयो ।

मदिरा व्यवसायी महासंघले मदिरा उत्पादक कम्पनीहरु सग मार्जिन र लिकेटको विषयमा छलफल गरि केहि सुधार समेत भएको र आगामी दिनमा यसलाइ पूर्णरुपमा कार्यन्वयन गर्न थप पहल गरिने समेत बताउनु भयो ।

अधिबेशनले कृष्ण बहादुर भाटको अध्यक्षतामा सर्वसहमत नयाँ कार्यसमिति समेत गठन भएको छ । यसै गरि वरिष्ठ उपाध्यक्षमा नेत्र ढुङ्गाना, प्रथम उपाध्यक्षमा राधाकृष्ण देवकोटा, द्धितिय उपाध्यक्षमा मिलन शम्सेर राणा, यसै गरि महासचिवमा श्रीराम पोख्रेल , सचिवमा हरि कंडेल, कोषाध्यक्षमा घनबहादुर पराजुली, सह–कोषध्यक्षमा कृष्ण पोख्रेल र सदस्यहरुमा ऋषि न्यौपाने, कृष्णप्रसाद पौडेल, सुरेश भुवाई, सुदर्शन श्रेष्ठ, रविन गुरुङ, ढाकाराम अर्याल, सन्दिप बास्तोला, सुरेश श्रेष्ठ निर्वाचित हुनुभएको हो ।


