नेपाल मदिरा व्यवसायी महासंघको श्रावण ०९ गते अनलाइन मार्फत आकस्मिक रुपमा महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा बसेको बैठकले महासंघका उपाध्यक्ष सकेश महर्जनको दुखद निधन प्रति गहिरो दुख व्यक्त गदै शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले उपाध्यक्षको दुखद निधनमा एक महिना सम्म शोक मनाउने निर्णय समेत गरेको छ । सो निर्णयहरु कार्यन्वयन गर्नु गराउनु हुन सम्पुर्ण प्रदेश महासंघ तथा सम्पुर्ण मदिरा ब्यबसायी जिल्ला संघहरुमा समेत निर्देशन गरेको छ ।
बैठकले गरेका निर्णयहरुः
१) नेपाल मदिरा ब्यबसायी महासंघका उपाध्यक्ष शकेस महर्जन ज्युको असामयीक तथा अप्रत्यासित दुखद निधन प्रती स्तब्ध हुदै उहाको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रध्दाञ्जलि अर्पण गरेको छ । यस दुखद घडिमा शोकमा रहनु भएका सम्पुर्ण परिवार जनप्रती गहिरो समबेदना प्रकट गरेको छ ।
२) मिति २०८२ श्रावण ०८ गते देखी १ महिना सम्म उहाँको शोकका लागी महासंघ, सम्पुर्ण प्रदेश महासंघ तथा जिल्ला संघहरुले कुनै पनि औपचारिक कार्यक्रमहरु नगर्ने र यस बिच कुनै कार्यक्रम निर्धारण गरियका भए स्थगन गर्ने ।
३) मिति २०८२ श्रावण २० गते १३ औ दिनको पुण्य तिथिमा उहाँको आत्माको शान्तिको लागि महासंघ, प्रदेश महासंघ तथा जिल्ला संघका आ आफ्ना कार्यलयहरुमा मैनबत्ती बाली शोक सभाको आयोजना गर्ने ।
४) दिवङगत स्व.शकेस महर्जन ज्युको ब्यबसायीक लेनदेनमा सहजिकरण गर्ने ।
५) उहाको परिवारलाई शान्तवना स्वरुप महासंघको राहतकोष मार्फत सहयोग रकम हस्तान्तरण गर्ने ।
६) आगामि दिनहरुमा महासंघद्वारा श्री शकेस महर्जन स्मृती खेल कार्यक्रम सन्चालन गर्ने । निर्णय गरिएको महासंघका महासचिव गोविन्दप्रसाद बरालले जारि गर्नुभएको सुचनामा जनाइएको छ ।
उपाध्यक्ष महर्जन १० दिन देखि हराइरहनुभएको थियो । उहाँको सव हिजो किर्तिपुरमा रहेको शान्तीवनमा फेला परेको थियो ।

