नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको नेतृत्वमा मदिरा व्यवसायीहरुले महासंघका उपाध्यक्ष सकेश महर्जनको दुखद निधन प्रति गहिरो दुख व्यक्त गदै परिवारजनहरु संग भेटघाट गरिएको छ । उक्त भेटघाटमा महासंघका बरिष्ठ उपाध्यक्ष मदन गौतम, महासचिब गोविन्द प्रसाद बराल लगायतका पदाधिकारीहरु, मदिरा संघ काठमाण्डौका अध्यक्ष राजन के सी, ललितपुरका अध्यक्ष हरि प्रसाद अधिकारी, भक्तपुरका अध्यक्ष जीवन चुसाकी र काभ्रेपलान्चोकका अध्यक्ष कुबेर सापकोटा लगायतका पदाधिकारी र मदिरा व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।

उक्त पारिवारीक भेटघाटमा उपाध्यक्ष महर्जनको स्मरणमा एक मिनेट मौन धारण गरि शोक व्यक्त गदै श्रद्धान्जलि सभा गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष महर्जनको दुखद निधन प्रति गहिरो दुख व्यक्त गदै महासंघका अध्यक्ष शेर्पाले मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि स्व.सकेश महर्जनले गर्नुभएको योगदानको उच्च सम्मान गरिने बताउनु भयो । यसै गरि अध्यक्ष शेर्पाले स्व. महर्जनको परिवारको आर्थिक कारोबार मिलान गर्न महासंघले अभिभाबकका रुपमा सहजिकरण गर्ने पनि बताउनु भयो । उहाँले उपाध्यक्ष महर्जनको नाममा श्री शकेस महर्जन स्मृती खेल कार्यक्रम सन्चालन गर्ने समेत बताउनु भयो । साथै स्व. महर्जनको दुखत निधनको १३ औ पुन्यतिथिमा श्रद्धान्जलि सभाको आयोजना गरिने महासंघले जनाएको छ ।

मदिरा संघ काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोकका अध्यक्ष र पदाधिकारीहरुले महासंघका उपाध्यक्ष शकेस महर्जनको असामयीक तथा अप्रत्यासित दुखद निधन प्रती स्तब्ध भएको भन्दै उहाको आत्माको चिर शान्तिको कामना गर्नु भएको छ । उहाहरुले श्रद्धान्जलि फोटो फ्रेम प्रदान गदै परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभएको छ ।

यसै गरि महासंघले महासंघका उपाध्यक्ष शकेस महर्जनको परिवारलाई सहयोग स्वरुप एकाउन्न हजार नगद समेत उपलब्ध गरिएको छ । महासंघका अध्यक्ष सोनाम शेर्पाले उक्त रकम परिवारलाई हस्तान्तण गर्नु भएको हो ।



