मदिरा व्यावसायी लालु यादवको निधन प्रति महासंघका अध्यक्ष शेर्पाद्धारा दु:ख व्यक्त

मदिरा व्यावसायी लालु यादवको निधन प्रति नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले दु:ख व्यक्त गर्नुभएको छ । विहिबार विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष शेर्पाले दु:ख व्यक्त गर्नु भएको हो । अध्यक्ष शेर्पाले दोषिलाइ कडा कारबाहि गर्न र पिडित परिवारलाइ राहात प्रदान गर्न समेत आग्रह गर्नु भएको छ । उहाँले मृतक प्रति श्रद्धान्जलि व्यक्त गर्दै परिवारजनमा गहिरो दु:ख व्यक्त गर्नु भएको छ ।

यसै गरि नेपाल मदिरा व्यवसायी महासंघ मदेश प्रदेशले पनि व्यावसायी लालु यादवको निधन प्रति दु:ख व्यक्त गरेको छ । विहिबार प्रदेश सचिव दीपेन्द्र प्रसाद महतोले एक विज्ञप्ती जारी गर्दै दोषीलाइ कडा कारबाहीको माग समेत गरिएको छ ।

यसै गरि सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका ३५ बर्षिया मदिरा व्यावसायी लालु यादवको प्रकरणमा गठित संघर्ष समितिले २४ घण्टै अल्टिमेटमसहित चार बुँदै माग पूरा गर्न गएराति प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय नेपाली काँग्रेसका नेता दिपेन्द्र यादवको संयोजकत्वमा गठन भएको २५ सदस्यीय राजगढ गाउँपालिकास्तरीय संघर्ष समितिले मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएको हो । कमलपुरमा यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षकलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, प्रहरी उपरीक्षक गौतम केसीलाई अबिलम्ब विभागीय कार्वाही गर्नुपर्ने मागसहित यादव हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ ।

यसैगरी मृतक यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न मागसमेत प्रजिअलाई बुझाएको ज्ञापन पत्रमा गरिएको छ । आफुहरुले सप्तरी प्रशासनसमक्ष राखेको माग २४ घण्टाभित्र पूरा नभए थप आन्दोलन घोषणा गर्न बाध्य हुने संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले जानकारी दिनुभयो ।

गएको मंगलबार राति मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको दाबी प्रहरीले गरिरहेको छ भने मृतकका परिवारले यादवलाई पक्रेर गोली हानेर मारेको दाबी गरिरहेका छन् ।

Share This On:

Leave a Reply