नेपाल मदिरा व्यवसायी महासंघको १९ औ बार्षिक साधारण सभा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आयोजना गरिने भएको छ । नेपाल मदिरा व्यवसायी महासंघको बैठकले पौष ५,६ र ७ गते महासघंको साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको हो ।
महासंघको साधारण सभा भब्य वनाउन सबै जिल्ला मदिरा संघ र प्रदेश सघंहरुलाई सक्रिय सहभागितका लागि महासंघका अध्यक्ष सोनाम शेर्पाले निर्देशन गर्नुभएको छ । जिल्ला तथा प्रदेश अध्यक्षहरुलाइ सामाजिक संजाल मार्फत सुचना जारी गर्दै सक्रिय सहभागिताका लागि महासंघका अध्यक्ष शेर्पाले यस्तो आग्रह गर्नुभएको हो ।
महासंघका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु, महासंघका सल्लाहकारहरु, महासंघ प्रदेश कार्यसमितिका पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु लगायत ३०० जना भन्दा बढि मदिरा व्यायसायीहरुको सहभागि हुने महासंघले जनाएको छ । महासंघले साधारण सभाको कार्यक्रममा सहभागीहरुका लागि विविध साँस्कृतिक कार्यक्रम र दिवा तथा रात्रीभोजको समेत आयोजना गरेको छ ।

नेपाल मदिरा व्यवसायी महासंघको बार्षिक साधारण सभाको तयारी सुरु गरिएको महासंघका महासचिव गोविन्द प्रसाद बरालले बताउनु भयो ।
उक्त साधारण सभामा महासंघले गत आर्थिक बर्षमा संचालन गरेका गतिविधीहरु र बार्षिक रुपमा हासिल गरेका उपलब्धी तथा प्रगतिको समिक्षा एबं आगामी वर्ष संचालन गरिने कार्यक्रमहरु र मदिरा व्यावसायीहरुका समस्याहरुका विविध विषयहरुमा छलफल गरिने बताईएको छ । यसै गरि महासंघको उक्त बार्षिक साधारण सभामा महासंघका अध्यक्ष सोनाम शेर्पाले महासंघको प्रगति विवरण, महासचिव गोविन्द प्रसाद बरालले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष रमेश आचार्यले आर्थिक प्रतिबेदन पेश गर्नुहुने कार्यसुचि रहेको छ ।
गत बार्षिक साधारण सभामा व्यावसायीहरुको मदिरा कारोबार सम्बन्धी मार्जिनका विषयमा महत्वपूर्ण निर्णय गरि कार्यान्वयन समेत गरिएको थियो ।

