आगलागिबाट क्षेती ग्रस्त गोदावरी नगरालिका ५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सलाई नेपाल मदिरा व्यावसायी महासंघले एक लाख सहयोग गर्ने भएको छ । महासघका अध्यक्ष सोनाम शेर्पाले महासघको तर्फबाट एक लाख सहयोग गरिने जानकारी दिनु भयो ।
मदिरा व्यवसायी महासघ सुदुरपश्चिम प्रदेश अध्यक्ष लवदेव भट्टको समन्वयमा उक्त सहयोग केहि दिनमा प्रदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिनु भयो । बुधवार विहान कैलालिमा आगलागि हुदाँ २ करोड बरावरको क्षति भएको थियो ।


