मदिरा व्यवसायी संघ रामेछापको तदर्थ समिति गठन

मदिरा व्यवसायी संघ रामेछापको तदर्थ समिति गठन गरिएको छ । शनीवार मन्थलीमा भएको मदिरा व्यावसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । मदिरा व्यावसायमा देखिएका व्यावसायीक समस्याको संस्थागत समधान गर्न र व्यावसायीक हित प्रवर्द्धन गर्न समिति गठन गरिएको मदिरा व्यावसायी धुर्व लामिछानेले बताउनु भयो ।

नेपाल मदिरा व्यवसायी महासंघ बागमति प्रदेश अध्यक्ष हरिप्रसाद दाहालको प्रमुख अथित्यता र मदिरा व्यावसायी भरत कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको भेलामा उद्योग वाणिज्य तथा ब्यापार संघ रामेछापका प्रतिनिधीहरु लगायतका ब्यापार व्यावसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति हरिप्रसाद दाहालले व्यावसायीक क्षेत्रमा देखिएका चुनौतिहरुको समधान व्यावसायी एक्लैले गर्न नसक्ने भएकाले संस्थागत संरचना आबश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय नेपाल मदिरा व्यावसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको नेतृत्वमा मदिरा व्यावसायीको हक, हित र अधिकारका लागि उल्लेख्य कार्य भएको बताउदै व्यावसायीक मार्जिन, लिकेज ब्यवस्थापन र सरकारी निकायहरुबाट हुने अनावश्यक हस्तक्षेप, उत्पादक र वितरण विचको सन्तुलन लगायतका विषयमा महत्वपूर्ण कार्य भएको र महासंघको आगामी बार्षिक साधारणसभाबाट मदिरा व्यावसायीहरुका समस्याहरु समधान गर्न थप पहल हुने पनि बताउनु भयो ।

भेलाले मदिरा ब्यावसायी धुर्व लामिछानेको संयोजकमा एघार सदस्दिय तदर्थ समिति गठन गरिएको छ । सदस्यहरुमा राजु थापा, श्याम श्रेष्ठ, शिव श्रेष्ठ, विष्णु बोहोरा, राज खड्का, राम चन्द्र अधिकारी, जय श्रेष्ठ, देब चन्द्र कठायत, इन्द्र गुरूङ, रविन्द्र कुमार कार्की रहनु भएको छ । भेलाले मदिरा व्यावसायी संघ रामेछाप जिल्ला गठनका लागि विधान मस्यौदा गर्ने र कानुनी रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।

मदिरा संघ रामेछापको संस्था स्थापना तथा संस्थागत विकासका लागि नेपाल मदिरा व्यावसायी महासंघ बागमति प्रदेशसंग सहयोग माग गर्ने निर्णय गरिएको संयोजक धुर्व लामिछानेले बताउनु भयो ।

Share This On:

Leave a Reply