नेपाल मदिरा व्यवसायी महासंघको १९ औ वार्षिक साधारणसभा सम्पन्न

नेपाल मदिरा व्यवसायी महासंघको १९ औ वार्षिक साधारणसभा सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आईतवार सम्पन्न भएको छ । शनीबार देखि सुरुभएको साधारणसभाका औपचारिक कार्यक्रमहरु आईतबार अपराहन्न  सम्पन्न भएका हुन । मनोरञ्जन र व्यवसायीक भेटघाटका कार्यक्रमहरु सोमबार विहान सम्म जारि रहने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा उत्पादक संघका पूर्व अध्यक्ष एबं मदिरा उद्यमी रवी के.सी.को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु सन्तोष पाण्डे, राम श्रेष्ठ, नविनलाल श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल र अधिवक्ता दिनेश खड्का लगायत महासंघका सल्लाहकारहरु र कार्यसमितिका पदिकारीहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला संघका पदाधिकारीहरु गरि ४०० भन्दा बढि मदिरा व्यासायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष शेर्पाले आफ्नो पाँच बर्षे कार्यकालमा मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि महत्वपूर्ण कार्यहरु सम्पन्न भएको बताउनु भयो । विगतमा महासंघ साघुरो कोठाबाट संचालन भएकोमा आफुले आफ्नो पहिलो कार्यकालमा महासंघको अत्याधुनिक भवन निर्माण गरेको बताउनु भयो ।

यस्तै अध्यक्ष शेर्पाले  आफ्नो कार्यकालमै मदिराहरुका सवालहरुका विषयमा कुनै पनि नेपाली मिडियाहरुले समाचार प्रकाशन र प्रसारण नगर्ने अबस्था देखिएपछि महासंघले आफ्नै मिडिया संचालन गरेको बताउनु भयो । उहाँले संघियतापछि विभिन्न स्थानीयतहहरुले आफुखुसि गैरकानुनी रुपमा मदिरा विक्रिवितरणमा अबरोध गरेका कयौं घटनाहरुमा देखिएपछि महासंघकै पहलमा कानुनी उपचार मार्फत दिगो समधान खोजीएको समेत बताउनु भयो ।

पछिल्लो समय महासंघ व्यवसायीहरुको सुख-दुखमा साथ दिदै आएको पनि उहाँले बताउनु भयो । मदिरा व्यावसायीहरुको पसलमा हुने आगलागि, मदिरा व्यावसायी विरामी हुदाँ र मृत्यु तथा दुर्घटना जस्ता घटनाहरुमा समेत महासंघले राहत तथा उद्धारका विविध कार्यक्रमहरु संचालन गदै आएको बताउनु भयो । उहाँले मदिरा व्यवसायीहरुको हक, हितका लागि थप काम गर्न आगामी बर्ष देखि व्यावसायीहरुको विमा कार्यक्रम, कर तथा कानुन शिक्षा जस्ता कार्यक्रमहरु संचालन हुने उहाँले साधारणसभामा जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि रवि के.सी.ले ब्यावसाय संचालनका लागि धेरै चुनौतिहरु आएपनि प्रविधि विकासले सहज भएको र सिस्टममा काम गर्दा मदिरा व्यवसायबाट मनग्य नाफा लिन सकिने बताउनु भयो । उहाँले एकै पटक धेरै सामान लिएर जोखिम लिनुभन्दा आवश्यक सामान मात्र खरिद गरि सन्तुलित कारोबार गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्व अध्यक्ष सन्तोष पाण्डेले महासंघका पछिल्ला कार्यहरुले व्यावसायीहरुलाई फाईदा पुगेको बताउदै आगामी दिनहरुमा पुरै मार्जिनमा कारोबार गर्न मदिरा व्यावसायीहरुलाई आग्रह गर्नु भयो । यस्तै  कार्यक्रममा पूर्व अध्यक्ष राम श्रेष्ठले ब्यवसायीक हितका लागि सबैको साझा सहकार्य आवश्यक पर्ने भएकाले व्यावसायीक एकतामा जोड दिनुपर्ने बताउनु भयो ।

महासंघका महासचिव गोविन्द बरालले संचालन गर्नुभएको कार्यक्रममा महासंघका उपाध्यक्ष खड्क बहादुर बुढाथोकिले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा प्रदेश अध्यक्षहरुको तर्फबाट कोशि प्रदेश अध्यक्ष नविन कुमार तामङ्ग, जिल्ला संघको तर्फबाट काठमान्डौ जिल्ला संघका अध्यक्ष रुप तामाङ्ग लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

यस्तै महासंघको १९ औ बार्षिक साधारण सभाले महासचिव गोविन्द्र प्रसाद बराले पेश गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष रमेश आचार्यले पेश गर्नुभएको आर्थिक प्रतिबेदन समेत पारित गरिएको छ ।साधारण सभा सुरु हुनुपूर्व आईतबार विहान महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा कार्यसमिति बैठक सम्पन्न भएको थियो ।

Share This On:

Leave a Reply