शनीबार देखि सुरुभएको साधारणसभाका औपचारिक कार्यक्रमहरु सोमबार सम्पन्न भएका हुन । महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा उत्पादक संघका पूर्व अध्यक्ष एबं मदिरा उद्यमी रवी के.सी.को प्रमुख आतिथ्यता र पूर्व अध्यक्षहरु सन्तोष पाण्डे, राम श्रेष्ठ, नविनलाल श्रेष्ठ, कानुनी सल्लाहकार अधिवक्ता सुदिप नेपाल र अधिवक्ता दिनेश खड्काको विशिष्ट आथित्यता रहेको थियो ।

यसै गरि कार्यक्रममा नेपाल नेपाल लिकर्स प्रा.लि.का जिएम घनेन्द्र न्यौपाने, मनाङ बेभेरेजका प्रा.लि.का संचालक छेके घले, महाकालि वाइन इन्डस्टिजका संचालक किस्मत अधिकारी , स्नोम्यान वाइनरी प्रा.लि.का संचालक बबिन अधिकारी, सुमी डिस्टिलरि प्रा.लि.का कार्यकारी प्रमुख नोर्बु घले, उध्योग बाणिज्य संघ काठमाडौंका कार्यसमिति सदस्य कुसन प्रधान, इलाका प्रहरी कार्यलय बलेफीका कार्यलय प्रमुख लगायत विभिन्न कम्पनी तथा ब्यबसायीक प्रतिनिधीहरु सहभागी रहेको थियो । उक्त साधारणसभामा महासंघका सल्लाहकारहरु र कार्यसमितिका पदिकारीहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला संघका पदाधिकारीहरु गरि ४०० भन्दा बढि मदिरा व्यासायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष शेर्पाले आफ्नो पाँच बर्षे कार्यकालमा मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि महत्वपूर्ण कार्यहरु सम्पन्न भएको बताउनु भयो । विगतमा महासंघ साघुरो कोठाबाट संचालन भएकोमा आफुले आफ्नो पहिलो कार्यकालमा महासंघको अत्याधुनिक भवन निर्माण गरेको बताउनु भयो । यस्तै अध्यक्ष शेर्पाल आफ्नो कार्यकालमै मदिराहरुका सवालहरु कुनै पनि नेपाली मिडियाहरुमा प्रकाशन र प्रसारण नहुने अवस्थामा देखिएपछि महासंघको आफ्नै मिडिया निर्माण गरेको बताउनु भयो ।

उहाँले संघियतापछि विभिन्न स्थानीयतहहरुले आफुखुसि गैरकानुनी रुपमा मदिरा विक्रिवितरणमा अबरोध गरेका कयौं घटनाहरुमा देखिएपछि महासंघकै पहलमा कानुनी उपचार मार्फत दिगो समधान खोजीएको बताउनु भयो । पछिल्लो समय महासंघ व्यवसायीहरुको सुख-दुखमा साथ दिदै आएको बताउनु भयो । मदिरा व्यावसायीहरुको व्यापार आगलागि, विरामी, मृत्यु जस्ता घटनाहरुमा समेत महासंघले राहात तथा उद्धारका कार्यक्रमहरु गदै आएको बताउनु भयो । उहाँले मदिरा व्यवसायीहरुको हक, हितका लागि थप काम गर्न आगामी बर्ष व्यावसायीहरुको विमा कार्यक्रम संचालन गरिने बताउदै उहाँले मदिरा व्यावसायी कर सम्बन्धी जानकारीको अभाबमा जरिवानामा पर्ने समस्या रहेकाले आर्थिक सल्लाहकारका रुपमा सिए नियुक्त गरि साप्ताहिक रुपमा विभिन्न सामाजिक संजालहरु मार्फत कर शिक्षा सम्वन्धी भिडियो सामग्रीहरु प्रसारण गरिने लगायतका कार्यक्रमहरु संचालन गरिने बताउनु भयो। यसैगरि आगामी बर्ष घरेलु तथा अबैध मदिरा नियन्त्रण गर्न महासंघले स्थानीय सरकार र प्रहरी संग सहकार्य गर्ने बताउनु भयो । यसका लागि जिल्ला स्तरमा समेत पहल गरिने उहाँको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि रवि के.सी.ले ब्यावसाय संचालनका लागि धेरै चुनौतिहरु आएपनि प्रविधि विकासले सहज भएको र सिस्टममा काम गर्दा मदिरा व्यवसायबाट मनग्य नाफा लिन सकिने बताउनु भयो । उहाँले एकै पटक धेरै सामान लिएर जोखिम लिनुभन्दा आवश्यक सामान मात्र खरिद गरि सन्तुलित कारोबार गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्व अध्यक्ष सन्तोष पाण्डेले महासंघका पछिल्ला कार्यहरुले व्यावसायीहरुलाई फाईदा पुगेको बताउदै आगामी दिनहरुमा पुरै मार्जिनमा कारोबार गर्न मदिरा व्यावसायीहरुलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा पूर्व अध्यक्ष राम श्रेष्ठले ब्यवसायीक हितका लागि सबैको साझा सहकार्य आवश्यक पर्ने भएकाले व्यावसायीक एकतामा जोड दिनुपर्ने बताउनु भयो ।

महासंघका महासचिव गोविन्द बरालले संचालन गर्नुभएको कार्यक्रममा महासंघका उपाध्यक्ष खड्क बहादुर बुढाथोकिले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा प्रदेश अध्यक्षहरुको तर्फबाट कोशि प्रदेश अध्यक्ष नविन कुमार तामङ्ग, जिल्ला संघको तर्फबाट काठमान्डौ जिल्ला संघका अध्यक्ष रुप तामाङ्ग लगायतले आफ्नो भनाई राख्नु भएको थियो । यस्तै कार्यक्रममा सम्पुर्ण मदिरा उत्पादक कम्पनीहरुका तर्फबाट गोर्खा ब्रुअरीका वितरक विभागका निर्देशक काजिमान सुब्बाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

यस्तै महासंघको १९ औ बार्षिक साधारण सभाले महासचिव गोविन्द्र प्रसाद बरालले पेश गर्नुभएको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष रमेश आचार्यले पेश गर्नुभएको आर्थिक प्रतिबेदन समेत सर्वसहमतिमा पारित गरिएको छ । साधारण सभा सुरु हुनुपूर्व आईतबार विहान महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा कार्यसमिति बैठक सम्पन्न भएको थियो ।


