नेपाल मदिरा ब्यावसायी महासंघले राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ।बुधबार बसेको महासंघको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो।बैशाख २५ र २६ गते कास्कि जिल्लाको पोखरामा उक्त आयोजना गरिन लागेको महासंघका अध्यक्ष सोनाम शेर्पाले बताउनु भयो।
यसै गरि उक्त बैठकले वियरको मार्जिन पुनरावलोकन गर्न जिल्ला मदिरा ब्यावसायीहरुको निर्णयका आधारमा थप पहल गर्ने निर्णय समेत गरेको छ।महासंघको बैठकले नेपाल मदिरा ब्यावसायी कर्णाली प्रदेश कार्यसमित र मदिरा संघ सुर्खेतको गठन प्रकृयालाई पुर्णता प्रदान गर्ने निर्णय गरेको छ।साथै बैठकले मदिरा ब्यावसायी समिति कास्कि पोखराको भवन निर्माण कार्यका लागि महासंघको तर्फबाट दुई लाख एक हजार एक सय रुपौया सहयोग प्रदान गरिएको र थप सहयोग गर्नका लागि सबै मदिरा संघ तथा सरोकारवाला निकायहरु लाई आग्रह गर्ने निर्णय गरेको छ ।
उक्त बैठक महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षता र महासचिव गोविन्द प्रसाद वरालले संचालन गर्नुभएको थियो। बैठकमा कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरुको सहभागिता रहेको थियो ।

